Section 39
अनुसन्धानमा संलग्न कर्मचारीलाई विभागीय सजाय हुने
सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धान वा अन्य कार्य गर्दा अनुसन्धान अधिकारीले वा विभागको कुनै कर्मचारीले जानी जानी कसैलाई दुःख हैरानी वा झण्झट दिने नियतले कुनै काम कारबाही गरेमा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो कर्मचारी विभागको प्रमुख भए सम्बन्धित मन्त्रालयको सचिवले र अन्य कर्मचारी भए विभागको प्रमुखले विभागीय सजाय गर्नु पर्नेछ ।